२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

संसद बैठकः नेकपा विभाजनको पत्र नआएकाले सबै सांसद सत्तापक्षमै बस्ने

२३फागुन, काठमाडाैँ । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने बताएकाे छ । पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नेकपाको विवादको कुरा आफ्नो ठाउँमा होला । तर, हामीलाई दल विभाजनको पत्र आएको छैन । त्यसैले सबै माननीय सदस्यहरूलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।’

प्रकाशित मिति : 12:48