२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

गायक आयुष खतिवडाको ‘निर्दोष माया’ सार्वजनिक

२३ फागुन, काठमाडौँ । प्रतिभाशाली गायक आयुष खतिवडाको रक भर्सनमा आधारित गीत ‘निर्दोष माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ। १४ वर्षीय गायक खतिवडा गितार, किवोर्ड लगायतका वाजा बजाउन सक्छन्। उनले ट्रीनिटी कलेज अफ लन्डन बाट म्युजिक अध्ययन समेत गरेका छन्।

म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल बिचको स्कुले प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ। ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रकाशित मिति : March 7, 2021 at 12:30 pm