३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पुनस्थापनापछि प्रतिनिधिसभाकाे पहिलाे बैठक आज, यस्ता छन सम्भावित कार्यसूची

२३ पुस, काठमाडौँ । पुनस्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक आज आइतबार अपरान्ह बस्दै छ। प्रतिनिधिसभाकाे सातौं अधिवेशनकाे सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेकाे छ ।
संसद् सचिवालयका अनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुने भएको छ । यसैगरी राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ।

अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ। पहिलो दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ। बैठकअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्ने छ र त्यस बैठकले फाइनल कार्यसूची तयार गर्नेछ ।

प्रकाशित मिति : March 7, 2021 at 8:45 am