२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् । विप्लवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याए लगत्तै प्रधानमन्त्री ओली गौतम निवास पुगेका छन् ।

गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्न त्यहाँ पुगेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गौतमलाई सामान्य चोटपटक लागेको गौतमको पारिवारिक स्रोतले जनाएको छ ।


प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालसहितका सचिवालयका टीम पनि भैसीपाटी पुगेका थिए ।

प्रचण्ड–माधव पक्षले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा लिन नपर्ने बताइएको छ ।

प्रकाशित मिति : 19:59