२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेकपा संसदीय दलकाे नेता ओली हुन, प्रचण्डको पत्र औचित्यहीनः मुख्य सचेतक भट्टराई

२१ फागुन, काठमाडाैँ । सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्र औचित्यहिन भएकाे बताएका छन् । शुक्रवार प्रेस विज्ञप्ति जारी गरेर भट्टराईले संसदीय दलको तर्फबाट दलको विधान बमोजिम विधितव रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी गैरकानुनी रहेको दाबी गरेका छन् ।

बिहीबार प्रचण्डको पत्र माझण्ड समूहका सांसदहरूले सचिवालयमा दर्ता गरी ओली,उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएको जनाएका थिए । भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य रप्रभाव हुन सक्दैन ।’

निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकका मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेका हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने समेत मुख्य सचेतक भट्टराईले बताएका छन् ।

भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीबाहेक अरु पदाधिकारी नरहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन् ।

यस्ताे छ विज्ञप्तिः

प्रकाशित मिति : 17:36