१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

नागढुङ्गाबाट २२ तोला सुनको सिक्रीसहित भारतीय नागरिक पक्राउ

२१ फागुन,काठमाडाैँ ।  चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर भएका ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्री सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : March 5, 2021 at 4:51 pm