३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माझण्ड समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता

२१ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको साे समूहकाे संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।

साे समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरिएको ट्वीटमार्फत जानकारी दिए । ‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को संसदीय दलको बैठक आज सिंहदरबारमा बस्यो । दलको कुल सदस्य संख्याको बहुमत उपस्थित बैठकले पार्टीको सधारण सदस्यबाट समेत निष्कासित केपी ओली दल नेता स्वतः नरहेको निर्णय गर्दै क. पुष्पकमल दाहाललाई सर्वसम्मतिले दलको नेता चयन गरेको छ,’ श्रेष्ठले ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति : March 5, 2021 at 4:51 pm