२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नवलपरासीमा सार्वजनिक भए विप्लव, सार्वजनिक गाडी मार्फत काठमाडाैँ आउँदै

२१ फागुन, काठमाडाैँ । सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौँ आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गरेका छन् ।

बिहीबार साँझ ५ बजे नवलपरासी प्रवेश गरेका विप्लव राति देवचुली नगरपालिका –१३,का शहिद परिवार रमाको घरमा बसेको बताइएको छ। शुक्रबार विहान कार्यकर्ताहरुसंगको भेटघाट पछि काठमडाैँ प्रस्थान गरेका हुन्। देवचुलीबाट सार्वजनिक गाडी मार्फत काठमाडाैँ प्रस्थान गरेको जनाइएको छ। आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चबाट सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : 10:23