एसईई नतिजाको त्रुटि छानबिन गरी परीक्षा बोर्डका कर्मचारीलाई निलम्बन गर्न नेवि संघको माग
१३ असार,काठमाण्डौँ । गत शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा (एसईई)को परिक्षा फलप्रति क्रुटि भएको भन्दै नेपाल विद्यार्थी संघको ध्यानाकर्षण भएको बताएको छ ।लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने गरी एसईई परीक्षाको नतिजामा भएको त्रुटिको यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषी परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न नेवि संघले जोडदार माग गरेको छ ।
नेवि संघका महामन्त्री कुन्दनराज काफ्लले एसईईको परीक्षाफल जस्तो सम्बेदनशील विषयमा राष्ट्रिय परीक्षा बोर्डले गरेको लापरबाही प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्् ।शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै महामन्त्री काफ्लेले नेपाल सरकार, शिक्षा मन्त्रालय र मातहातका निकाय गैर जिम्मेवारी समेत भएको बताएका छन् ।
शिक्षा मन्त्रालय, मातहतका निकाय र मन्त्रालयको नेतृत्व गरेका मन्त्री पोखरेलको कार्य क्षमतामाथि समेत प्रश्न खडा भएको छ । त्यस्तै केन्द्रीय सदस्य शुशिल भट्टले नेवि संघ अब राजनैतीकसँगै शैक्षिक आन्दोलनमा पनि रचनात्मक ठंगले उत्रने बताए ।
कार्यक्रममा नेवि संघका उपाध्यक्षद्वय राम प्रसाद अधिकारी, नविन राई र केन्द्रीय सदस्यहरु रत्न हरि ढुंगेल, प्रकास सेढाइ, आर सी भट्टराई, ममता महत्तो र शैलेन्द्र शर्मा गौडेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी विद्यार्थी नेताहरु निरञ्जन थापा, विपिन अधिकारी, डुजाङ शेर्पा, स्वेच्छा उप्रेती, पवन थापा, हरि आर्चाय, सुवाष घिमिरे, सान्त शिवाकोटी र सन्तोष गुरुङ लगायत विद्यार्थी नेताहरुको उपस्थिति थियो ।
प्रकाशित मिति : June 27, 2018 at 7:10 pm









