२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

युवा संघको नुवाकाेट-काठमाडौँ सम्पर्क मञ्च बन्दै, महेश बस्नेतकाे उपस्थितमा २२ गते घाेषणा हुने

२० फागुन, काठमाडौँ । राष्ट्रिय युवा संघकाे नुवाकाेट काठमाडौं सम्पर्क मञ्चकाे घाेषणा गर्ने भएकाे छ । यही फागुन २२ गते शनिबार एउटा विशेष कार्यक्रम गरेर युवा संघ नुवाकाेट काठमाडौं सम्पर्क मञ्च घाेषणा गर्ने तयारी गरिएकाे केन्द्रीय सदस्य प्रल्हाद प्याकुरलले जानकारी दिए ।

कार्यक्रमकाे तयारीका लागि बिहीबार बिहान नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक सांसद केशवराज पाण्डेकाे सचिवालयमा भएकाे भेलाले घाेषणा सभालाई विशेष बनाउने निर्णय गरेकाे छ ।

घाेषणा सभालाई युवा संघका पूर्व अध्यक्ष र हालका इन्चार्ज समेत रहेका नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतले सम्बाेधन गर्नेछन । सभामा विभिन्न कामका सिलसिलामा नुवाकाेटबाट काठमाडौं आइ बसेका नेकपाप्रति अास्थावान युवाहरुलाई जिम्मेवारी दिएर नेतृत्व विकासकाे काममा लगाउने तयारी गरिएकाे छ ।

२२ गतेकाे सभामा नेकपाकै माझण्ड समूहका युवाहरु, केही कांग्रेस र राप्रपाका युवाहरु समेत युवा संघमा समाहित हुने संघका पूर्व नेता एवं नेकपा नुवाकाेटका सचिवालय सदस्य रामकृष्ण खड्काले जानकारी दिए ।

तयारी भेलामा नेकपाका केन्द्रीय सदस्यद्धय केशवराज पाण्डे र विजय लाेप्चन तथा जिल्ला अध्यक्ष एवं बागमती प्रदेशका सांसद बद्री मैनाली, नेकपाका जिल्ला कमिटिका सचिवालय सदस्य काशिराज अधिकारी, जिल्ला कमिटीका सदस्यहरु अनुजकुमार श्रेष्ठ, नारायण रिमाल, शिवराम गाैतम, अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु दाहाल लगायत सहभागी रहेका थिए ।

सभामा काठमाडौंमा रहेका नुवाकाेटक एक हजार भन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएकाे छ ।

प्रकाशित मिति : 09:40