२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सरकार र विप्लव समूहको वार्ता सकारात्मक, छिट्टै सुखद् परिणाम आउने गृहमन्त्री थापाको अपेक्षा

१९ फागुन, काठमाडाैँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता सकारात्मक दिशामा अघि बढेको छ । वार्ताको पहिलो दिननै दुबै पक्षले वार्ताले छिट्टै नै सुखद् परिणाम दिने विश्वास गरेका छन ।

वार्तापछि सरकारी टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् । उनले वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको भन्दै समाजिक सञ्जालमा लेखेका छन, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

प्रकाशित मिति : 15:52