मुख्यमन्त्री शेरधन राई सुरक्षित, प्रदेशसभा बैठक दुई साता सारियो
१९ फागुन विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई थप सुरक्षित देखिएका छन । अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालमा दर्ता भएपनि बैठक सर्दै अाएको छ । यसअघि फागुन २० सम्मका लागि सरेको प्रदेशसभाको बैठक फेरि सूचना टाँस गरेर चैत्र २ गतेसम्मका लागि सारिएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले हस्ताक्षर गरेको सूचनामा विशेष कारणले चैत्र २ गते १२ः३० बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।

प्रकाशित मिति : 15:46









