नेकपाको माझण्ड समूहको अर्को रमिता, सुवास नेम्वाङसहित सात माथि कारबाहीको नाटक
१९ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहले अर्को रमिता प्रस्तुत गरेको छ । नारायण पुजाको शैलीमा कहिले विघटित प्रतिनिधिसभाको नेता त कहिले पार्टीको अध्यक्ष भन्दै स्व घोषणा गर्ने उनीहरूले बुधबार नेकपा ओली समूहका सात नेतामाथि कारबाही गरेको नाटक गरेको छ । छुट्टाछुट्टै पार्टीको अभ्यास गरेर अघि बढिरहेका उनीहरूले अर्को समूहका नेता कारबाहीको नाटक गरेका हुन ।

माझण्ड समूहको स्थायी कमिटी बैठकले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराइ, सचेतक शान्ता चौधरी, सहरी विकासमन्त्री प्रभु शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापालाई कारबाही गरेको जनाएको छ । बहुमत केन्द्रीय कमिटी रहेको दाबी गर्ने माझण्ड समूहको बुधबार बोलाइएको बैठकमा मुस्किलले ५० जना पनि उपस्थित देखिएका छैनन् । माझण्ड समूहका नेता विष्णु रिजालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बीर अनुसार धेरै केन्द्रीय सदस्य उवपस्थित भएका छैनन् ।

प्रकाशित मिति : 15:33









