२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

अवैधरुपमा भन्सार छलि ल्याएका मोबाइल सहित १ जना पक्राउ

१८ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ गौरिघाट संगम चोक डेरा गरी बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई अवैधरुपमा भन्सार छलि ल्याएका करिब १२ लाख ४४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका १ सय ६७ थान मोबाइल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

अवैधरुपमा भन्सार छलि ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा तालसी गर्दा उक्त मोबाइलहरू फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १२:४०