२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

केपी ओली पाहा झैँ पछारिए, सूर्य र नेकपा मेरै होः प्रचण्ड

१७ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रै निर्वाचन आयोगले आफुहरुको पक्षमा निर्णय गर्ने बताउनुभएको छ । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफुहरुले पाउने दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उहाँले केही दिन भित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनि फैसला गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अर्को सेटिङ पनि भत्किदैछ, निर्वाचन आयोगवाला सेटिङ । हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु केही समय भित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सुर्य चिन्ह र नाम वहाँहरुकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्चपनि शंका गर्नु पर्दैन ।’

अध्यक्ष प्रचण्डले केपी ओली पाहा झैँ पछारिएको टिप्पणी गर्नुभयो । ओली पाहा पछारिएझैँ पछारिएपनि हामिले जित्यौ झन बलियो भयौँ भन्दै हिडेको उहाँको भनाई छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्न लायक नभएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 21:07