२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

म माथि आक्रमणको खतरा छ, मेरो ज्यान तलमाथि भयो भने अनौठो नमाने हुन्छः प्रधानमन्त्री ओली

१७ फागुन, काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै पनि समय आक्रमण हुनसक्ने बताएका छन । पोखरामा नेकपा गण्डकी प्रदेशका कार्यकर्ताहरूको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो खुलासा गरेका हुन । उनले आफूले देशका निम्ति ठीक काम गरिरहेकै कारण अाक्रमणको खतरा बढेको बताए ।

प्रधानमन्त्रीले भेलामा सम्बोधन गर्दै भने ‘एक दिन ममाथि शारीरिक हमला हुन सक्छ। मेरो ज्यान तलमाथि भयो भने अनौठो नमाने हुन्छ।’ उनले भने ‘नेकपा र सरकारलाई ठीक ढंगले चलाएको हुनाले ममाथि आक्रमण भयो, प्रहार भयो । राम्रो काम गर्दा गर्दै पनि आक्रमण भइरहेको छ।’

प्रधानमन्त्रीले भने आफ्नो ज्यान तलमाथि परे पनि आन्दोलन र पार्टी बिग्रन नसक्ने बताए । उनले भने, ‘अपराधिक तत्वहरुसँग लडिरहनुपरेको छ। जसले जालझेल गरिरहेका छन्। लोकतान्त्रिक मूल्य मान्यता पनि उनीहरुसँग छैन। अपमान मात्रै गर्न लागेका छन्। झूटा लाञ्छना लगाउन मात्रै लागेका छन्।’

प्रकाशित मिति : 15:12