३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड फिर्ता लैजा’ भन्दै अनेरास्ववियूको प्रदर्शन (फोटोफिचर)

१६ फागुन, काठमाडाैँ । अनेरास्ववियूले नेकपाको माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भारतका लागि कम्फर्टेबल हुने सरकार बनाउने घोषणा गरेको बिरोधमा आन्दोलन सुरू गरेको छ । अनेरास्ववियूको त्रिवि कमिटीले आइतबार त्रिभुवन विश्वविद्यालय परिसरमा प्लेकार्डसहित प्रदर्शन गरेको छ।

अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य मदन विष्टको नेतृत्वमा प्रचण्डको अभिव्यक्तिका बिरूद्धमा प्रदर्शन भएको हो। ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजा’ भन्ने प्लेकार्ड बोकेर उनीहरूले बिरोध गरेका छन । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हित हेर्ने र प्रचण्ड भारतको हित हेर्ने गरेकाले अब प्रचण्डलाइ भारततिरै पठाउनु पर्ने भन्दै विश्वविद्यालय परिक्रमा गथरे ।

प्रदर्शनमा अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य मदन बिष्टले रास्ट्रिय स्वाधीनता पक्षमा अनेरास्ववियू जस्तोसुकै आन्दोलन गर्ने तयार रहेको बताए । उनले दलालहरुको पछि नलाग्न विद्यार्थी नेताहरूमा अपिल समेत गरे ।

प्रकाशित मिति : February 28, 2021 at 8:32 pm