युवक बन्धक बनाई फिरौती रकम माग्ने विराटनगरका ३ जना पक्राउ
१६ फागुन, विराटनगर । मोरङको विराटनगर महानगरपालिका १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसँग १० लाख फिरौती रकम माग्ने ३ जनालाई आइतबार जिल्ला प्रहरी मोरङले पक्राउ गरेको छ । । विराटनगरस्थित दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र विराटनगर ६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मालाई पक्राउ गरिएको हो ।
कामतलाई उनीहरुले शनिबार दिउँसो १:३० बजे अपहरण गरि बन्धक बनाएको र फिरौति बापत परिवारसँग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई विराटनगर ६ बाट सकुशल उद्धार गरेको छ। उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार १६:५६