२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो, वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीको अनुरोध

१३ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज पनि पहिरो खसेको छ । पहिरोका कारण सवारी आवागमन ठप्प बनेको छ । सडक खण्डको चार किलोमा बुधबार बिहानै पहिरो खसेपछि आवागमन ठप्प हुन पुगेको हो । ठूलो पहिरो खसेकाले दुवैतिरका गाडी रोकिएका छन् ।

जिल्ला ट्राफिक कार्यालय, चितवनले ठूलो पहिरो सडकमा आएर बसेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको जनाएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो हटाएर सडक खुलाउन प्रयास भइरहेको जनाएको छ । ठूलो पहिरो खसेकाले सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी सुझाव समेत दिएको छ । मंगलबार ११ घन्टापछि खुलेको सडकमा पहिरो खसेपछि पुनः अवरुद्ध बनेको छ । तस्बीरहरूः शालिग्राम नेपालको फेसबुकबाट ।

 

प्रकाशित मिति : १३ असार २०७५, बुधबार ०९:३५