३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौंः शान्ता चौधरी

१४ फागुन, काडमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गर्न नेताहरूलाई आग्रह गर्नु भएकाे छ । शुक्रबार ट्वीट गर्दै नेत्री चौधरीले माझण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालप्रति लक्षित गरि  दुनियाँको सामु रमिता देखाउन बन्द गर्नुपर्ने समेत बताउनु भएकाे छ ।

हामी आत्तिनु पर्ने कुनै कारणनै छैन हामी सब एकै ठाउमा छाैँ ‘अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौँ । यसैमा सबैको भलो हुनेछ’।

प्रकाशित मिति : February 26, 2021 at 12:42 pm