३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

बिबाहको दुई महिनामै प्रेमीसँग मिलेर श्रीमानको हत्या, करकापमा हुने बिबाहको परिणाम भयाबह

१२ असार, काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१० कैलालीकी लक्ष्मी बडालले श्रीमान तेजबहादुर बिष्टको हत्या गरेकी छिन । लक्ष्मीले श्रीमानलाई भासुको भिरबाट खसालेर हत्या गरेको प्रहरीले जनाएको छ । बडाल र बिष्टबीच गएको वैशाख १६ गते विवाह भएको थियो । परिवारले गएको वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टसँग लक्ष्मीको मागी विवाह गरिदिएका थिए ।

गोदावरी नगरपालिका–१० कैलाली माइती भएकी लक्ष्मी बडालको तेजबहादुर बिष्टसँग विवाह हुनुभन्दा एकवर्ष पहिलेदेखि र गोदावरी–१२ खमौरा घर भएका दीपक खत्रीबीच प्रेम सम्बन्ध रहेको जनाइएको छ । नचाहेरै परिवारको दबाबमा अर्कै युवकसँग विवाह गर्नुपरेपछि लक्ष्मीले आफ्ना प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीले घुम्न जाने बहानामा कैलालीको भासु भिरबाट खसालेर श्रीमानको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताएका छन । उनका अनुसार लक्ष्मी र उनका प्रेमी भनिएका दीपक खत्रीले यहि असार ८ गते राति तेजबहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा लगेका थिए ।

भासु भिरमा पुर्याएर फलामे छडले टाउकोमा हानेर घाइते बनाएको र त्यसपछि बिष्टलाई उनी सवार म १ प ७४७७ नम्बरको मोटरसाइकलसहित भिरबाट खसालेको प्रहरी उपरीक्षक घिमिरले बताए । प्रहरीले हत्यामा संलग्न दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको घिमिरेले जनाएका छन ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १७:२२