२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्रीको राजीनामाबारे विभिन्न दलसँंग छलफल गरेर मात्र निष्कर्षमा पुगिन्छः प्रदीप ज्ञवाली

१२ फागुन, काठमाडौँ । नेकपाका प्रवक्ता एवं परराष्ट्रमन्त्री  प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनामाबारे विभिन्न दलसँंग छलफल गरेर मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिनुभयो । उहाँले  मुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्नुहुन्छ  ।

“२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुपर्यो,” उहाँले भन्नुभयो,“मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”

प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेको समेत बताउनुभयो । उहाँले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताउनुभयो । एकताको आधार सही विचार, नेतृत्व र सिद्धान्त भएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : 16:42