२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

१२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्णय गरेर बैठक सकिएकाे  प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएकाे छ ।

उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ। आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयाे । तेस्तै गरि देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ।

संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको ज्ञवालीले जानकारी दिनुभयाे । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्डलगायत कसैलाई पनि कारबाही नगरिएको बताउनु भएकाे छ । अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको ज्ञवालीले बताउनु भएकाे छ ।

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ । बैठकले सर्वोच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : 14:58