संयमित र परिपक्क निर्णयका साथ अघि बढ्न नेतृत्वलाई पूर्वमन्त्री विष्टको आग्रह
१२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकर्ण विष्टले संयमित र परिपक्क निर्णयका साथ अघि बढ्न नेतृत्वलाई अपिल गरेका छन । बुधबार बिहान समाजिक सञ्जाल मार्फत पूर्वमन्त्री विष्टले यस्तो अपिल गरेका हुन ।

उनले सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई देश, जनता र लोकतन्त्रको हितमा केन्द्रित गर्नुपर्ने बताएका छन । उनले भनेका छन ‘सम्मानित अदालतको फैसलापछीको राजनीतिक परिस्थितिलाई देश, जनता र लोकतन्त्रको हितमा केन्द्रित गर्न विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढौं ।’
प्रकाशित मिति : 13:22









