२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

कुमारी बैंकको २ लाख २८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१२ फागुन, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले  २ लाख २८ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्री गर्न लागेकाे हाे।


नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न चाहाने इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिदेखि ३५ दिनभित्र आवश्यक कागजपत्र सहित बैंककाे शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : February 24, 2021 at 11:45 am