२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

रुपन्देहीमा गाडिएको अवस्थामा एक वर्षीया शिशुको शव फेला, आमासहित ५ जना पक्राउ

११ फागुन, काठमाडाैँ । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई पक्राउ गरेकाे छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृतक बालिकाकी आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफूले पनि आत्महत्या गर्ने मनसायले छोरीको घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रेमाले आफ्नो कोठामा पंखामा बाँधिएको डोरीमा छोरीलाई झुण्ड्याएर आफुले पनि सोही डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गर्दा उनको नन्दले देखेर डोरी काटेर उद्दार  गरी बचाएको प्रहरीले जनाएको छ। शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोलानजिकैबाट शवनिकालेको छ । बालिकाको शव पोष्टमार्टमको लागि भीम अस्पताल भैरहवामा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : February 23, 2021 at 2:14 pm