२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

प्राइम कमर्शियल बैंकले फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

११ फागुन, काठमाडाैँ । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंक ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने लागेकाे हाे । बैंकले ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो। लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत्र ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।  लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : February 23, 2021 at 10:55 am