विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश
१० फागुन, काठमाडाैँ । प्रतिबन्धित नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । धर्मेन्द्रका तर्फबाट अनिमा बास्तोला भण्डारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहाइको आदेश दिएको हो ।

यसअघि अदालतले रिहा गरे पनि बास्तोलालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । बास्तोलालाई प्रहरीले पुस २९ गते ललितपुरबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति : 17:04









