२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेश जाँदै, दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने

१० फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाँदै छन । प्रधानमन्त्रीले कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

सरकारले ५ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण शुरू गर्दै छ । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण शुरू हुन लागेको हो । लिमिटेडका अनुसार, प्रधानमन्त्री ओलीले सोमबार र फागुन १६ गते दमक औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, १३ फागुनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तय भएकाे छ । यसैगरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्र र मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुनेछ । नौबस्ताको शिलान्यास ११ फागुनमा र मयूरधापको शिलान्यास १४ फागुनमा हुने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : 08:38