आइतबार नेप्सेमा ८५ लाख बढी कित्ता सेयर सूचीकृत
९ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकैदिन ८५ लाख कित्ता बढी सेयर सूचीकृत भएकाे छ । नेप्सेमा ३ जलविद्युत् कम्पनीका बोनस र हकप्रद सेयर गरी कुल ८५ लाख १ हजार ९३७ कित्ता थपिएका हुन्। नेप्सेमा अपी पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

यस्तै सानिमा हाइड्रोपावर लिमिटेडको १० प्रतिशतले हुन आउने कुल २५ लाख ५३ हजार १०० कित्ता बोनस सेयर सूचीकृत भएका छ। यसैगरी रिडि हाइड्रोपावरले पनि हालै वितरण गरेको ५ प्रतिशतले हुन आउने कुल २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
प्रकाशित मिति : February 21, 2021 at 2:01 pm




