७ असार २०८३, आइतबार | Sun Jun 21 2026

महिला लघुवित्तको आईपीओ यही साता बाँडफाँड हुने

९ फागुन, काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यही साताको अन्त्यतिर बाँडफाँड हुने भएको छ। शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने सम्भावना रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको हो । महिला लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। यसमा मागभन्दा ६० गुणा बढी आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ। यो हिसाबले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रकाशित मिति : February 21, 2021 at 1:54 pm