२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

हाँडिगाउँलाई ऐतिहासिक थलोको रुपमा विकास गर्छाैँः उपप्रधानमन्त्री पोखरेल

८ फागुन, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हाँडिगाउँ स्थित पुनःनिर्मित भिमसेन मन्दिरको आज एक समारोहका विच उद्घाटन गर्नुभएको छ । वाग्मती प्रदेश सरकार, पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा निर्मित मन्दिरको उद्घाटन गर्दै पोखरेलले हाँडिगाउँलाई ऐतिहाँसिक थलोको रुपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको वताउनुभएको छ ।

विगतमा लिच्छविकालीन समयको राजधानी थलोको रुपमा रहेको हाँडिगाउँ क्षेत्रलाई विकास गर्नेगरी आफुले अठोट गरेको स्मरण गर्दै उपप्रधानमन्त्री पोखरेले इतिहासको केन्द्रभागको रुपमादुनियाँलाई चिनाउने गरी यस क्षेत्रको विकास गर्ने अध्ययन र उत्खनन्को काम भैरहेको बताउनुभयो । पुरातात्व विभागबाट यस क्षेत्रको अध्ययनको काम जारी रहेको बताउँदैं पोखरेलले तत्पश्चात यस क्षेत्रलाई कसरी विकास गर्ने भन्ने बारेमा टुँगोमा पुग्ने बताउनुभयो ।


सरकारले यस क्षेत्रको अध्ययन र अन्वेषणका निम्ती आफ्नो नीति कार्यक्रममा प्राथमिकतापूर्वक कार्यक्रम समाविष्ट गरिसकेको छ । ‘यो कुनै एउटा विषयमा मात्रै अध्ययन गर्ने कुरा होइन, धेरै कुरा ख्याल गरेर अध्ययनको काम भैरहेको छ, तत्पश्चात सरकारको मातहतमा रहने गरी विशेष किसिमको समिति बनाएर यस्को संरक्षण, उत्खनन् र विकासको काम गर्ने हाम्रो योजना छ’–उहाँले भन्नुभयो ।

पुराना ऐतिहासिकता झल्किने, धार्मिक र सांस्कृतिक परम्परा र विशिष्टता झल्काउने सम्पदाको पहिचान, उत्खनन् र विकास गर्ने सरकारको मान्यता रहेको बताउँदैं हाँडिगाउँ क्षेत्रलाई कुन स्वरुपमा अगाडि बढाउने हो त्यसवारेमा विज्ञ सहितको टोलीले काम गर्ने बताउनुभयो । उहाँले पुरातत्व विभागको अध्ययनको काम सकिएपछि त्यसको आधारमा अन्य कामको टुंगो लाग्ने बताउनुभयो ।

जनताको सहभागितामा मात्रै पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण हुने बताउँदैं उपप्रधानमन्त्री पोखरेलले जनताको स्वामित्व र सहभागीतामा नै सवैभन्दा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । राजनीतिक स्थायित्वले मात्रै विकास र सम्वृद्धि दिन सक्ने बताउदैं उपप्रधानमन्त्री पोखरेल अहिले फेरी सरकार ढाल्ने, अस्थिरताको रोग निम्त्याउन खोजिएको बताउनु्भयो ।

‘राजनीतिक अस्थिरताको भूतप्रेतले अहिले पनि लखेटिरहेको छ, सरकार ढाल्ने र बनाउने खेलोमा रङमगिने लामो समय देखिको एउटा अभ्यास र रोग जनु थियो त्यो अहिले पनि वेलामा वेलामा देखापर्ने खोज्दै छ’–उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो–‘त्यसैले जनताको विचमा गएर यि सवै चिजको फैसला गर्नुपर्छ भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो ।’

प्रकाशित मिति : 12:55