१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नुवाकोट पुगेर देउवाले भनेः कि राजनीति छोड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो

७ फागुन, नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जान तयार नहुनेले राजनीति छोडे हुने बताएका छन । शुक्रबार नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय भवन उद्घाटन गर्दै सभापति देउवाले जुनावको विकल्प नभएको भन्दै चुनावमा जान डराउनेले राजनीति नै छाड्नुपर्ने बताए ।

सभापति देउवाले भने ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन्’ उनले भने, हद हुन्छ नि एउटा । भयो भने नि रु त्यसको तयारी गर्नुपर्दैन रु चुनावाबाट भाग्ने रु’ उनले अघि भने ‘कि राजनीति छोड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो’ उनले भने, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’

फाइल तस्बीर

उनले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गरे । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले भने, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’ उनले नेपालमा सबैले संविधान मिचेको भन्दै ओलीलाइमात्र गाली गर्नुको अर्थ नहुने बताए ।

 

प्रकाशित मिति : February 19, 2021 at 7:12 pm