२५ पुष २०८१, बिहीबार | Fri Jan 10 2025

नुवाकोट शित भण्डार प्रालिको प्रेस विज्ञप्ति

नुवाकोट शित भण्डार प्रालिको प्रमाणसहितको प्रेस विज्ञप्ति

केही दिनदेखि न्युज कारोबार डटकम र कमेरोपाटी डटकममा प्रकाशित समाचार र सोही समाचार सामाजिक सञ्जालमा सेयर गरी भैरहेको टिका टिप्पणीप्रति यस नुवाकोट शित भण्डार प्रालिको गम्भीर ध्यानाकर्षण भएको छ । देशको विद्यामान प्रचलित ऐन, नियम, कानुन, बिधि र मापदण्डको अधिनमा रही नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ गंगटेमा निर्माण हुन लागेको छ । निर्माणको प्रक्रियामा रहेको कम्पनीका विरुद्धमा विना आधार, प्रमाण तथ्यहिन रुपमा समाचार सम्प्रेषण भएकोमा यस कम्पनी गम्भीर आपत्ति प्रकट गर्दछ ।

बद्री मैनाली, अध्यक्ष, नुवाकोट शित भण्डार प्रा.लि.

राज्यले दिने अनुदानसँग जोडेर प्रतिनिधिसभा क्षेत्र नम्बर १ ‘ख’ नुवाकोटका माननीय सांसद बद्री मैनालीले किसानको अनुदान सांसदले लिए भन्दै लगाएको आरोप एकदमै भ्रमपूर्ण रहेका छ । अनुदानका लागि कुनै निर्णय समेत नभएको र छनौट भए पनि सांसदले अनुदान लिने नभइ नुवाकोट शित भण्डारले पाउने र सो अनुदान रकम बराबरको सहुलित कम्तिमा पाँच वर्षदेखि १० वर्षसम्म किसानलाई नै उपलब्ध गराउनुपर्ने शर्तमा राज्यले तोकिएको मापदण्ड र प्रक्रिया पुगेका कम्पनी छनौट गर्ने हो । उक्त अनुदान कुनै सांसद वा व्यक्तिका नाममा आउने रकम होइन भन्ने कुरा हामी स्पष्ट गर्न चाहन्छौँ । यसर्थ राज्यले प्रतिस्पर्धाको आधारमा दिने अनुदानलाई सांसदसँग जोडेर चरित्र हत्या गर्न खोजिएको प्रति हामी कानुनी उपचारमा समेत जाँदैै छौँ ।

प्रस्तावित भवनको निर्माणस्थल

साथै कसैको चरित्र हत्या गर्ने गरी आगामी दिनमा त्यस्ता खाले समाचार सम्प्रेषण नगर्न/नगराउन सम्बन्धित सञ्चार माध्यलाई सचेततासहितको आग्रह गर्दछाैँ । हामी स्वतन्त्र प्रेसको सम्मान गर्छौ र यथार्थमा आधारित समाचारको विश्वास पनि गर्छौँ तर प्रयोजित रुपमा हुने यस्ता प्रोपोगाण्डाहरु नियन्त्रण गर्न सम्मानित प्रेस काउन्सिल नेपाललाई आग्रह समेत समेत गर्दछौँ ।

हामीले कम्पनीको तर्फबाट कसैलाई प्रभावमा पर्ने र दबाब दिने कुनै पनि काम गरेका छैनौँ बरु स्थानीय समेतको सहभागिता र सहयोगमा यस उद्योग स्थापनाको प्रक्रियालाई अघि बढाइरहेका छौँ । यो उद्योग त्यस स्थानमा स्थापना हुन लागेकोमा रोजगारीको सिर्जना, स्थानीय विकासका कारण त्यास भेगका जनता अत्यन्तै हर्षित खुशी रहेका छन । समाचारमा प्रकाशित भएजस्तो बिना कानुनी आधार प्रक्रिया मापदण्ड र प्रक्रिया नपुर्याइ कम्पनीलाई हानी हुने र अन्य कसैलाई समस्या उत्पन्न हुने काम हामीले गरेका छैनौँ र गर्ने छैनौँ ।

उद्योग स्थापनाका लागि नुवाकोट शित भण्डारले सम्बन्धित निकाएबाट लिएको अनुमतिपत्र ।

राज्यले निर्धारण गरेको सबै नीति र कानुनको परिधिमै रहेरै नुवाकोट शित भण्डारको निर्माण अघि बढाएको छ । उद्योग निर्माणका लागि मापदण्ड अनुसार बढीमा १३ रोपनी जग्गा भए हुनेमा बाटो बाहेक नै हाल कम्पनीले १५ रोपनी जग्गा रहेको छ ।

उद्योगको नाममा रहेको जग्गा धनी प्रमाण पूर्जा

नुवाकोट शित भण्डारले उद्योग स्थापना पूर्व गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (आइईई) समेत गरिसेको छ । जसमा उद्योग स्थापनाका लागि उद्योग विभागले स्वीकृति प्रदान गरेको छ । विभागले २०७५ वैशाख २१ गते निर्णय गरी शित भण्डारलाई आइईई पास भएको प्रतिवेदन समेत प्रमाणित गरेर दिएको छ ।

आइईईको स्वीकृत प्रतिवेदन र विभागले पठाएको पत्र
आइईई प्रतिवेदनका लागि वडा कार्यालयको सिफारिस, आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र मुचुल्का

कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यले ६ हजार मेट्रिक टन क्षमताको नुवाकोट शित भण्डार प्रा.लिको निर्माण थालिएको हो । कम्पनीले विदुर नगरपालिकाको कार्यालयबाट उद्योगको डिजाइन अनुसारको नक्सा पास समेत गरिसकेको छ ।

प्रस्तावित उद्योगको नमुना

उद्योग स्थापनाका लागि आवश्यक पर्ने ३०० केभिएको विद्युत आपूर्तिको व्यवस्था समेत कम्पनीको कम्पाण्डभित्र गरिसकेको छ । उद्योगमा आवत जावतका लागि उद्योग स्थापनाका लागि आवश्यक पर्ने जग्गा बाहेकै नक्सामै उल्लेख गरी बाटोको व्यवस्था भएको छ भने बाटो गंगटे–लिखु–छहरे सडकसँग जोडिएको छ ।

उद्योग सञ्चालनका लागि आवश्यक विद्युत लाइन र ट्रान्सफरमर (पृष्ठभूमिमा उद्योगसँग जोडिएको बाटो ।)

समाचारमा भनिएजस्तो बिना स्वाएल टेस्ट र बिना आइईई नगरी शित भण्डार निर्माण गर्न लागिएको भन्ने कुरा कपोकल्पित र निराधर रहेको छ । उद्योगको भवन निर्माणका लागि जमिनको क्षमता परीक्षण (स्वाएल टेस्ट) गरी सो स्वाएल टेस्ट प्रतिवेदनको आधारामा डिडेल इन्जिनियरिङ डिजाइन गरी प्रस्तावित भवनको नक्सापास सम्पन्न गरिएको छ ।

उद्योगको स्ट्रक्चरल डिजाइन

हामीले व्यवस्थित शित भण्डार नहुँदा वर्षौदेखि काठमाडौँ लगायतका जिल्लामा जानु पर्ने नुवाकोटका किसानको बाध्यतालाई मध्यनजर गर्दै किसानकैै हितमा हुनेगरी उद्योग स्थापनाको काम अघि बढाएका हौँ । यसबाट सयौँ व्यक्तिहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारीको पाउने छन भने प्रत्यक्ष रुपमा १३ हजार भन्दा बढी घरधुरी किसानले सहुलित रुपमा शित भण्डारको सुबिधा उपभोग गर्न पाउनेछन । राज्यको सम्बन्धित निकायले सूचना जारी गरी प्रस्ताव गरेको अनुदान कार्यक्रममा यो कम्पनी छनौट भएमा आजको बजारको दरभाउ भन्दा ६० प्रतिशत सहुलितमा कम्तिमा ५ देखि १० वर्षसम्म किसानले सुबिधा पाउनेछन ।

नुवाकोट शित भण्डार प्रा.लि.
विदुर–२, नुवाकोट

प्रकाशित मिति : ११ असार २०७५, सोमबार २१:१८