१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

१५ अंकले बढ्याे नेप्से, १० अर्ब बढीको कारोबार

४ फागुन, काठमाडाैँ । आज नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) १५ अंकले बढेसँग नयाँ किर्तिमान कायम भएको छ। परिसूचक दोहोरो अंकको वृद्धिसँगै २ हजार ६ सय १ अंकमा पुगेर रोकिएको हो। यसक्रममा आज १ करोड ७७ लाख कित्ता सेयर कारोबार भएको छ। यस्तै, आज नेप्सेमा १० अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका १२ मध्ये आठ समूह घट्दा पनि नेप्से दोहोरो अंकले सुधारिएको हो। आज जम्मा ४ समूहमा सुधार आएको छ। बैंक समूह ३० अंक, विकास बैंक समूह ६ अंक, अन्य ५ र म्युचूअल फण्ड ०.११ अंकले सुधारिएको छ। यी बाहेक अन्य सबै समूहमा गिरावट आएको छ।

बजार बढेको दिन आज चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसपछि अन्य छवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। त्यसैगरी, आज कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड ९९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

प्रकाशित मिति : February 16, 2021 at 3:46 pm