१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सिभिल लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

४ फागुन, काठमाडाैँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३.६८४२१ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ ।


लघुवित्तले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीकाे ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे । उक्त प्रस्तावित लाभांश लघुवित्तकाे आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार १४:२८