२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

कांग्रेस नेता निधि निकट ठाकुर र जसपाका नेता साह नेकपा ओली समूहमा प्रवेश

४ फागुन, काठमाडाैँ । नेपाली कांग्रेस समर्थित जनकपुरका बलराम ठाकुर केपी शर्मा ओली पक्षकाे नेकपामा प्रवेश गर्नुभएकाे छ ।  बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक समेत रहनुभएका ठाकुर नेकपामा प्रवेश गर्नुभएकाे हाे । ठाकुर नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि निकट हुनुहुन्थ्याे । ठाकुरलाई निधिले नै बृहत्तर जनकपुरको कार्यकारी निर्देशक बनाउनुभएकाे थियाे ।

यस्तै,  जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार किरण साह पनि नेकपा ओली समूहमा प्रवेश गर्नुभएकाे छ । मंगलवार साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा खादा ओढाएर पार्टी प्रवेश गराउनुभएकाे हाे ।

प्रकाशित मिति : 12:14