२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बन्छः मन्त्री ढकाल

४ फागुन, काठमाडाैँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री  पर्यटनमन्त्री भानुभक्त ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार विकासमा तीन तहका सरकारको साझेदारीता सबैका लागि खुसीको विषय भएको बताउनुभएको छ । सोमबार महेन्द्रनगर विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा  उहाँले विमानस्थल विकासको सम्झौताको भावना बमोजिम सम्बन्धित निकायले जिम्मेवारीतापूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गर्दै त्यसक्रममा कुनै समस्या आइपरेमा सङ्घीय सरकारले सहजीकरण गर्ने स्पष्ट पार्नुभयो ।

पर्यटनमन्त्री ढकालले भन्नुभयो,“विगतमा पनि पवित्र उद्देश्यले लागेका अभियानमा कहिले मुआब्जा बढाउने तथा विभिन्न बहानामा बखेडा झिकेर आयोजनालाई नै प्रभावित पार्ने प्रवृत्ति रहेको भन्दै विमानस्थल विकास र विस्तारमा गलत दृष्टिकोण नपरोस भन्नेतर्फ सजक रहनुस् ।”

पर्यटनमन्त्रीले पछिल्लो समय विमानस्थल बनाउने होडबाजी चलेको र खासगरी निर्वाचनका बेला यस्ता एजेण्डा अगाडि बढाउने गरिएको प्रसङ्ग उल्लेख गर्दै आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बनाउने सरकारको नीति अनुरुप महेन्द्रनगर विमानस्थल सम्भावना बोकेको प्राथमिकतायुक्त आयोजना भएको बताउनुभयो । उहाँले विकास निर्माणको प्रक्रियामा अनियमितता र गलत प्रवृत्तिले राम्रा काम हुन नसकिरहेको विगतको यथार्थलाई आत्मसाथ गरी निर्माणाधीन हवाई पूर्वाधारको आयोजनालाई प्रभावकारी रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : 08:39