महालक्ष्मी लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने
३ फागुन, काठमाडाैँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज काठमाडाैँमा सम्पन्न भएको छ । सभाले अध्यक्ष मनोरञ्जन रमण शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेकाे छ ।

अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारे । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको छ । उक्त सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम सेयर निष्कासन गर्ने निर्णय गरेको हाे ।
प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १४:५८













