४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

दक्षिण भारतमा सडक दुर्घटना, १४ जनाको मृत्यु

२ फागुन, नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिला मारिएका छन् ।

घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ । प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार १३:४७