१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२ फागुन, काठमाडाैँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य १०० ले घटेकाे हाे ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनकाे मूल्य तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलामा ९० हजार ९०० रुपैयाँ रहेको थियाे ।


यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार ११:३९