२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

‘नरहे यो जिन्दगी’मा रोमाण्टिक मुडमा देखिए रोशनी र सञ्जय

काठमाडौँ । अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोमा रोशनी कार्की र सञ्जय बिकको अभिनय रहेको छ। भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन्। भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।

गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायिका गजमेरले ‘स्वरादि’ गीति संग्रह, ‘फुलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छिन्। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका गजमेरले सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति : 09:20