१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सेटिङमा न्यायाधीशको आदेश, भिएलएनका राम श्रेष्ठलाई फेरि थुन्न माग गर्दै उच्च अदालतमा मुद्दा

११ असार, काठमाडौँ । न्यायाधीशहरुले घुस खाएर न्याय सम्पादन गरेको आरोप लागेपछि उच्च अदालत पाटनले आदेशकाको परीक्षण गर्ने भएको छ । मलेसिया जाने कामदारसँग स्वास्थ्य परीक्षणका नाममा अर्बौं ठगी गर्ने व्यक्तिहरु अत्यन्तै न्यून धरौटीमा छुटेपछि उच्च अदालतले आदेश परीक्षण गर्ने तयारी गरेको हो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर करिब ७ अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरु जिल्ला अदालत काठमाडौं र ललितपुरबाट धरौटीमा छुटेपछि उच्च अदालत पाटनले उक्त निर्णयको परीक्षण गर्न लागेको हो ।

दुबै जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च र उच्च सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेका छन । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा सुनुवाइ समेत भएको थियो ।

भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ लगायत अन्य स्वास्थ्य व्यवसायीविरुद्ध जिल्लाको फैसला खारेज भई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग सो निवेदनमा गरिएको छ । श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले १० लाख तथा ललितपुर जिल्ला अदालतले १२ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । पक्राउ परेका पक्राउ परेका अन्य ४० जना व्यवसायीहरु पनि धरौटीमा छुटिसकेका छन् ।

प्रकाशित मिति : ११ असार २०७५, सोमबार १२:४३