२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

रामकुमारीको लिखित वयानः राष्ट्रपतिप्रति मेरो हिजो पनि सम्मान थियो, आज पनि छ र भोलि पनि रहन्छ

२९ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहकी नेतृ रामकुमारी प्रहरी समक्ष लिखित वयान दिएर छुटेकी छिन । महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको उनलाइ प्रहरीले लिखित वयान लिएपछि साढेँ पाँच घण्टापछि छाडेको हो ।

रामकुमारीले प्रहरीकोमा दिएको लिखित वयान ।

प्रहरीले उनले लिखित रूपमा वयान दिएको र त्यसमा आफ्नो अभिव्यक्तिप्रति क्षमा मागेको बुझिएको छ । उनले प्रहरीसँग लिखित रूपमै भनेकी छिन ‘राष्ट्रपतिप्रति मेरो हिजो पनि सम्मान थियो, आज पनि छ र भोलि पनि रहन्छ।’

सोधपुछका लागि प्रहरीले बोलाउँदा नगएपछि उनलाइ पक्राउ गरिएको थियो । अपराध महाशाखाका प्रमुख दीपक थापाले सोधपुछका क्रममा राष्ट्रपतिको अपमान गर्ने उद्देश्य नरहेको र सम्मान रहेको लिखित वयान दिएपछि मुद्दा चलाउन आवश्यक नदेखि रिहा गरिएको जानकारी दिएका छन । झाँक्रीको विवादित भाषण तलको लिंकमा सुन्न सक्नुहुन्छ

प्रकाशित मिति : 19:34