१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

डिप्रोक्स लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२९ माघ, काठमाडाैँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।


संस्थाको माघ २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : February 11, 2021 at 12:18 pm