१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

तारागाउँ रिजेन्सी होटेल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२९ माघ, काठमाडौँ ।  तारागाउँ रिजेन्सी होटेल्सको १०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेकाे छ । फागुन १४ गते वार्षिक साधारण सभा बोलाएको होटल्सले माघ ३० गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले होटल्सले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।


तारागाउँले गत वर्षको नाफाबाट करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १०:४१