२१३ किलोग्राम चरेशसहित भारतीय नागरिक पक्राउ
१० असार, काठमाण्डौं । लागुऔषध नियन्त्रण ब्यूरोले २१३ किलोग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले डब्लु बी २३ बी ५८८५ नं को भारतीय ट्रकममा २१३ केजी चरेश, दुई केजी २५० ग्राम अफिमसहित भारतीय नागरिक मेराज आलमलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
आलमले ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद भएको हो । आलामले उक्त लागुऔषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ लैजाँदै गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १० असार २०७५, आईतवार २१:४९