१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२८ माघ, काठमाडाैँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजावी सुन मंगलबार तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १३४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ११:१६