५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

मंगलबार नेप्सेमा १३ लाख ४८ हजार कित्ता बोनस सेयर सूचिकृत

२७ माघ, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।


लघुवित्तको मंसिर २२ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १४:२५