३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

चितवनको भरतपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

१० असार, चितवन । भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।नितु तिमिल्सिनाको घरमा टिनको छाना बनाउने क्रममा स्थानीयवासी २१ वर्षीय विमल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।काम गर्ने क्रममा नाङ्गो विद्युतीय तारमा छोएपछि कुमाललाई करेन्ट लागेको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७५, आईतवार १८:३४